के तपाई सृष्टिकर्तालाई भेट्न तयार हुनुहुन्छ?

परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ

प्रियहरु, परमेश्वरले शुरुमा स्वर्ग, पृथ्वि र यसमा भएका सबै थोकहरु सृष्टि गर्नुभयो। अनि तपाई र मेरो पुर्खाहरु, पहिलो मानव जोडीलाई पनि उहाँले नै आफ्नो माहिमाको लागि बनाउनुभयो (उत्पत्ति १:१,२७)। तर मानिसको पापले गर्दा सबै मानिसहरुमा कम्जोरि, रोग र मृत्यु आयो। आज मानिसहरु पापले गर्दा आत्मिक र शरिरिक रुपमा मर्दछन्। एक दिन सबैको न्याय हुन्छ

बाईबलले भन्दछ, कि “मानिसको लागि एक पटक मृत्यु र त्यसपछि न्याय हुनेछ” (हिब्रु ९:२७)। एक दिन, प्रत्येक व्यक्ति सर्वशक्तिमान सृष्टिकर्ता परमेश्वरको सामु खडा हुनु पर्नेछ। त्यस दिन धेरै मानिसहरुलाई परमेश्वरले उहाँको राज्याको अनन्त शान्तिमा स्वागत गर्नुहुनेछ, अनि बाँकि रहेका मानिसहरुलाई भने अनन्त पिडाको ठाँउमा (नरक) दण्डको लागि पठाईनेछ। अनि तपाईको लागि यिनै दुई विकल्पहरु हुनेछन्।

तपाई कता जादैँ हुनुहुन्छ?

“अनि अधर्मीहरु अनन्त दण्डमा जानेछन्; तर धर्मीहरु चाँही अनन्त जीवनमा पस्‌नेछन्” (मत्ती २५:४६)। त्यस न्यायको दिनमा परमेश्वर आफ्नो महान सिंहासनमा महिमामा विराजमान हुनुहुनेछ। अनि उहाँको आज्ञामा समपुर्ण मानव जातिहरु उहाँको सामु् भेला गरिनेछन्। उहाँको महान शक्ति र माहिमाको रुप येशू ख्रीष्टमा प्रकट गरिनेछ। र त्यस क्षण यस्तो भयनक हुनेछ, कि हरेक व्यक्तिहरु कति जना डराउदै र कति चाँही आराधना गर्दै आ-आफ्नो घुँडाहरुमा टेक्नेछन् र ‘येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ’ भन्नेछन् (फिलिप्पी २:१०,११)। र तपाई पनि, अँ तपाई त्यस न्यायको दिनमा उपस्थित हुनुहुनेछ।

त्यसपछि परमेश्वरले, उहाँको ईस्वरीय अधिकारद्वारा, सबै मानिसहरुलाई आफ्नो जीवनको लेखा दिन बोलाउनुहुनेछ। त्यसदिन हरेक व्यक्तिको तिनीहरुले गरेका सबै कामहरु र हरेकको हृदयका नियतहरु प्रकट गरिनेछन्। साँच्चै नै “मेलै दण्ड पाँउदिन ” भन्दै तपाईले गर्नुभएको पापहरु पनि प्रकट गरिनेछन्। अनि ती अँन्धाकारका दुष्ट विचारहरु, जुन तपाईले सोच्नुभयो, कि कसैले पनि देख्ने छैनन्, ति सबै उज्यालोमा ल्याइनेछ। प्रिय मित्र! त्यस दिनमा, कुनै पनि कुरा लुकाएर लुक्ने छैनन्।

“किनकि शरिरमा गरिएका कामहरुका निम्ति हरेकले चाहे असल होस चाहे खराब होस, आफूले जेजस्तो गरेको छ, त्यसअनुसारको फल पाउनलाई हामी सबैजना ख्रीष्टको न्यायआसनको सामु देखा पर्नुपर्छ।” (२ कोरिन्थी ५.१०)

कल्पना गर्नुहोस्, कि तपाई न्यायआसनको सामु उभिनुभएको छ। त्यस घडी, तपाईको हृदय विचलित हुनेछ। अनि तपाईको घुँडाहरु काँपनेछ। तपाईको अघि प्रकट भएको परमेश्वरको महिमा देखेर तपाईको आँखाहरु छक्का पर्नेछन। र त्यसपछि सर्वशक्तिमान परमेश्वरले तपाईको नाम नै काढेर तपाईलाई इन्साफको लागि अगाडि बोलाउनुहुनेछ।

त्यस क्षणमा तपाईले के भन्नुहुनेछ? तपाईको विन्ति कस्तो हुन्छ होला? र महत्वपूर्ण कुरा, के परमेश्वरले तपाईलाई स्वीकार गर्नुहुनेछ त? त्यस समयमा परमेश्वरले जे निर्णय दिनुहुन्छ त्यो कहिल्यै फिर्ता लिइनेछैन। त्यहाँ तपाईको लागि कुनै पनि दोस्रो मौकाहरु हुनेछैनन्। पश्चाताप (मन परिवर्तन) गर्ने समय हुनेछैन। उहाँको न्याय नै अन्तिम न्याय हुनेछ र त्यहि न्यायले तपाईको अनन्त विनाश वा अनन्त जीवनको निर्धारण गर्दछ।

हामी सबैले पाप गरेका छौ

आजकल, धेरै मानिसहरु भ्रमम विश्वास गर्दाछन्, कि त्यस न्यायको दिनमा तिनीहरुलाई सबै कुरा राम्रो नै हुनेछ। तिनीहरु आफूले आफैलाई भन्दछन्, कि “म धेरै असल मान्छे हुँ। मैले दयालु बन्ने प्रायस गरेको छु। म गरिबहरुलाई पैसा दिन्छु। मैले कहिल्यै पनि गम्भीर आपराधिक कामहरु गरेको छैन। अनि म चर्च पनि गएको छु। म वेलावेलामा प्रार्थना पनि गर्दछु। मेरो बप्तिष्मा पनि भैसकेको छ। निश्चित रुपमा,म त्यस्तो नराम्रो पापी पनि छैन कि परमेश्वरले मलाई स्वीकार नगरुन्।” तर बाईबल धर्मशास्त्रले यस्तो प्रकारको सोच-विचारलाई मुर्खता भनि सिकाउँदछ।

कुनै पनि मानिसहरुलाई परमेश्वरले तिनीहरुको दया, असल काम, मण्डलीमा उपस्थिति, प्रार्थना गर्ने बानीको आधारमा स्वीकार गर्नु हुनेछैन। किनभने ती असल कामहरु (नैतिक कार्यहरु) पर्याप्त असल छैनन्, र तिनीहरुले हाम्रो पापहरुको दण्डलाई रद्द गर्न सक्दैनन्। परमेश्वरले त असल कामहरुमा सिद्धता वा पुर्णताको माग गर्नुहुन्छ। किनभने हाम्रो धार्मिकताको कामहरु पनि उहाँको सामु त फोहोर थाङ्ना जस्तै हुन।

किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमारहित हुन गएका छन्।” (रोमी ३.२३)

कुनै पनि मानिसले परमेश्वरको आज्ञाहरु पुर्ण रुपमा पालना गर्न सकेको छैन, कसैले पनि उहाँलाई पुर्ण महिमा दिनु सकेको छैन। सृष्टिकर्ता परमेश्वरको सट्टामा उहाँले बनाउनुभएको थोकहरु जस्तै चारखुट्टे जनवार (गाई,हात्ति,कुकुर,बाँदर आदि इत्यदि), घस्रने जन्तु (सर्प), चराचुरुङगि (परेवा, काग), रुखहरु, हिमाल, पहाड, नदिनाला, घाम, (सुर्य),जुन, ताराहरु र मानिसलाई पुज्नु पाप हो (रोमी १:१९-२५)। किनभने हामीले बनाउनुहुने परमेश्वरलाई पुज्नु पर्दछ न कि उहाँले बनाउनुभएका थोकहरुलाई नै। साथै व्यभिचार, भ्रष्टचार, कामुकता, शत्रुत, लडाई- झगडा, डाहा,लोभ, विरोध, फुट,दलबन्दी, मतवालापन, मोजमज्जा, झूट, स्वर्थीपन र हत्या गर्नु भनेको परमेश्वरको महिमरहित हुनु हो अर्थात पाप गर्नु हो।

सबै मानिसहरु कि त सबै कुरा पालना गर्न चुकेको छ, कि त तिनिहरुमध्य कुनै एउटा पालना गर्न चुकेको छ। परमेश्वको दृष्टिमा १० मध्ये एउट मात्र पुरा गर्नु नसक्नु पनि पुरै नै पालना गर्न नसकेको जस्तै हो (याकुब २:१०)। यहि पापहरु गरेको कारणले गर्दा, तपाई आफ्नै प्रयासमा परमेश्वरसँग ठीक सम्बन्ध बनाउन सक्छु भनेर आशाा गर्नु चाँही, “म चन्द्रमामा पुग्ने गरि हाम फाल्ने प्रयास गर्छु” भने जस्तै हो। यसरी प्रयास गर्नु एकदमै असम्भव कुरा हो। किनभने, हामी सबैले परमेश्वरको सिद्ध स्तरहरु पूरा गर्न असफल भएका छौं, त्यसैकारणले हामी मध्ये कसैले पनि स्वर्ग जाने बाटो कमाउन सक्दैनौ। त्यसोभए, परमेश्वरबाट स्वीकार हुन सक्ने तपाईको लागि आशा के छ त? तपाई आफ्नो पापको लागि योग्या दण्ड-सजायबाट कसरी बच्न सक्नुहुनेछ त? जवाफ समान्य छ ।

येशू ख्रीष्ट !

येशू ख्रीष्ट नै मुक्तिदाता हुनुहुन्छ
एउटै आशा- हरेक व्यक्तिको लागि- येशू ख्री्ष्ट मात्र हुनुहुन्छ। चाहे तपाई धनी होस् वा गरिब, जवान होस् वृद्ध, पुरुष वा महिला, येशू ख्रीष्ट मात्र तपाईको आशा हुनुहुन्छ। पापीहरुलाई परमेश्वरको सामु धर्मी ठहाराउने एक मात्र बाटो उहाँ नै हुनुहुन्छ। “येशूले भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन” (यूहन्ना १४:६)।

किनभने, आज भन्दा २००० वर्ष पहिले येशू ख्रीष्ट परमेश्वरको पुत्र र सबै कुराहरुको राजा हुनुभएर पनि, हामी पापी मानिसहरुलाई प्रेम गर्दै उद्धार गर्ने उदेश्यले यस संसारमा मानिसको रुपमा आउनुभयो। “परमेश्वर हामीतर्फ आफ्नो प्रेम यसैमा प्रकट गर्नुहुन्छ-हामी पापी हुँदा-हुँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो” (रोमी ५:८)।

उहाँले सिद्ध जीवन जिउनुभयो, उहाँले कहिल्यै पनि पाप गर्नुभएन (१ पत्रुस २:२२), उहाँमा पाप थिएन (१ यूहन्ना ३:५), उहाँले पाप जान्नुभएन (२ कोरिन्थी ५:२१)। उहाँले जीवनमा कुनै पनि परमेश्वरको आज्ञाहरु भङ्ग गर्नु भएन (मत्ती ५:१७), उहाँले हामीले पालना नसकेको सबै आज्ञाहरु उहाँले पालन गर्नुभयो तरै पनि उहाँ हाम्रो साटोमा पापको दण्ड बोकेर र श्रापित बनेर, थुकाई, कुटाई,निन्दा,घृणा सहदै उहाँ क्रुसमा मर्नुभयो (गलाति ३:१०,१३),यसरी उहाँ हाम्रो पापको दण्डको लागि आवश्यक पर्ने सिद्ध र निस्कलङक बलिदान हुनुभयो (१ पत्रुस १:१९), चिहानमा गाडिनुभयो र तेस्रो दिनमा उहाँ महिमित रुपमा जीवनमा बौरिउठ्नुभयो (१ कोरिन्थी १५:३-४)। उहाँले यी सबै कुराहरु हामीलाई हाम्रा पापहरुबाट बचाउन र परमेश्वरको सामु धर्मी ठहाराउन हाम्रै निम्ति गर्नुभयो।

सारा संसारमा, हामीले यो भन्दा महान प्रेमको कार्य कहि कतै देख्नेछैनौ। यि सबै कुराहरु उहाँमाथी आईपरे, ताकि उहाँले तपाई र म जस्तो नरकको योग्य पापीहरुलाई बचाउन सक्‌नुभएकोहोस्! उहाँको सिद्ध जीवन र बलिदानी मृत्यु मार्फत अब हामीले उद्धार-मुक्ति प्राप्त गर्न सक्दछौँ। यहि कुरा बुझ्न पाउनु नै तपाईको लागि खुसिको खबर हो!

त्यसो हो भने, उद्धार-मुक्ति पाउन तपाईले के गर्नु पर्दछ त?
तपाईको लागि जवाफ स्पष्ट छ। तपाईलाई बचाउनको येशूले गर्नुभएका सबै कुराहरुमा तपाईले हृदयबाट विश्वास गर्नुपर्दछ, र आफ्नो पापबाट मन र व्यवहार फर्काउनुपर्दछ ( पश्ताताप)। अनि उहाँलाई नै प्रभु र मुक्तिदाताको पछ्याउन आफ्नो सम्मुर्ण जीवन उहाँमा समर्पण गर्नुपर्छ। येशूले उद्धार-मुक्तिको काम पुरा गरिसक्नुभएको छ। हामीले कहिल्यै पनि गर्न नसक्ने काम उहाँले हाम्रो लागि पुरा गरिदिनुभयो। उहाँले हाम्रो लागि मुक्तिको दान र अनन्त जीवन कमाइदिनुभएको छ। अब हामीले उहाँलाई विश्वास गर्न र उहाँलाई पछ्याउन बाहेक अरु कुनै पनि कुरा बाँकी छैन।

“किनभने परमेश्वरले मानिसहरुलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एक मात्र पुत्र येशूलाई दिनुभयो-उहाँ माथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस्।” (यूहन्ना ३.१६)


कृपया परमेश्वरको यस्तो प्रेमलाई वेवास्ता नगर्नुहोस! तपाई एक पापी हुनुहुन्छ जसलाई मुक्तिको असाध्य आवश्यकता छ, र येशू ख्रीष्ट मात्र तपाईको मुक्तिदाता हुनुहुन्छ। परमेश्वरले तपाईलाई आजको यस पलमा अनन्त जीवनको उपहार लिन बोलाउदै हुनुहुन्छ ! आजदेखि नै येशूलाई व्यक्तिगत प्रभु र मुक्तिदाताको विश्वास गरी उहाँलाई पछ्याउने निर्णय गर्नुहोस् र सृष्टिकर्ता परमेश्वरलाई भेट्न तयार हुनुहोस। यसो गर्दा, तपाईले कहिल्यै पनि पछुताउनु पर्नेछैन।

हामी तपाईको सेवा गर्न तयार छौ!
एन्टिओक ब्याप्टिष्ट फेलोसिप, ललितपुर नेपाल।
फेसबुक पेजः
सम्पर्क नंबरः ९८६९५२९१८२, ९८१८९४१३६२